महेश बाबूको फिल्मले तोड्यो बहुबलीको रेकर्ड

दक्षिण भारतिय अभिनेता महेश बाबूको फिल्म ‘भारत’ले बक्स अफिसमा धूम मच्चाइरहेको छ । फिल्मले दुई दिनमै १०० करोड कमाइसकेको छ भने अहिले फिल्मको कलेक्सन १२५ करोड पार गरिसकेको छ । शुक्रबार रिलिज भएको उक्त फिल्मले सबै ठाउँको बक्स अफिसमा राम्रो बिजनेस गरिरहेको छ ।

फिल्मले सबैको रेकर्ड तोडीरहेको छ । ४८ घण्टा भित्र फिल्म बक्स अफिसमा १०० करोड क्लबमा प्रबेश गरेको थियो । यो फिल्म महेश बाबुको करियरकै सबभन्दा हिट फिल्म रहेको बताइएको छ । ‘भारत’मा महेश बाबुले क्रिटिक्सबाट पनि राम्रो रिभ्यु पाईरहेका छन् । साथै उनको कामलाई सबैले तारिफ गरिरहेका छन् । फिल्ममा महेश बाबुले आंध प्रदेशका मुख्यमंत्रीको भूमिका निर्वाह गरेका छन । फिल्मले अमेरिकामा बहुबलि भन्दा छिटो २.५ मिलियन कमाई गरेको भारतीय मिडियाले बताएका छन् । फिल्म एकसाथ ४५ देशमा रिलिज भएको छ र अन्य भाषामा पनि डब गर्ने तायारि रहेको निर्माण टिमले बताएका छन् ।