श्री देवीकी छोरीको लाख पर्ने जुत्ता

श्रीदेवीकी छोरी जानवी कपुरको डेब्यु फिल्म ‘धडक’ को सुटिंग सकिएको छ । हाल उनको अर्को फिल्मको पोष्ट प्रोडक्सनको काम सुरु भएको छ । यहि बीच उनी आफ्ना पिता बोनी कपुरसंग सौतेनी दाई अर्जुन कपुरलाइ भेट्न उनको घर गइन् । त्यो समय उनले पिंक प्रिन्टेड टिसर्ट, ब्लु रिप्ड जिन्स र गुची ब्रान्डको जुत्ता लगाएकी थिइन् । उनको जुत्ता र टिसर्टको मूल्य करिव १.५ लाख भारु रहेको छ । पिंक टिसर्ट को मूल्य $९५० र ब्ल्याक कलर को लेदर जुत्ता $१२४८ को रहेको छ ।

श्रीदेवीको मृत्यु पश्चात जान्वी र खुशी उनीहरुको सौतेनी दाइ अर्जुनसंगको निकटता बढ्दै गएको छ । अर्जुनको फिल्म ‘नमस्ते लन्डन’ को पोस्टर रिलिज भएपछि जान्वीले सामाजिक संजालमा सेयर गरेकी थिइन् भने अर्जुन आफ्ना ३ बहिनी अशुला, जान्वी र खुशी कपुर संग छुट्टी मनाउन लन्डन जाने सोचमा छन् ।