बिवाह गर्न चाहन्छिन् प्रियंका


प्रियंका चोपडा सधै आफ्नो रिलेशनशिप स्टेटसमा चुप रहदै आउने गरेकी नायिका हुन् । उनले चुपचाप विवाह गरेको भनेर ताजा गसिप बनिरहेको छ । प्रियंकाको ताजा पोस्टलाई देखेर यो सवाल उठाएको हो । पछिल्लो समय प्रियंकाले ट्वीट गर्दै यस बारे खंडन गरेकी छिन् । उनले एक फोटो शेयर गर्दै आफूले विवाह नगरेको बताइन् ।

प्रियंका केहि समय अगाडि आफ्नो आसम यात्राको एक फोटो सोशल मीडियामा शेयर गरेकी थिइन्, जहाँ उनले मंगलसूत्र जस्तै कुनै माला देखिरहेको हेर्न सकिन्छ । यहि बिषयलाई लिएर प्रियंकाले विवाह गरेको हो कि भन्ने शंका मिडियाहरुले गर्न थालेका छन् ।  उनले एक म्यागाजिन इन्टरब्यूमा आफूले विवाह गर्न चाहेको र धेरै बच्चा जम्माउन चाहाने बताएकी छन् । तर अहिलेसम्म उनले मिस्टर राईट नपाएको भनिन्। उनले आफूलाई एकदमै अन्डरस्टान्ड गर्ने ब्यक्ति मन पर्ने पनि बताइन् ।