‘ज्याकी च्यानको निर्णय सहि छ’, सोनु सुद


हङकङ्गका सुपरस्टार ज्याकी तथा हङकङ्गकी पूर्व सुन्दरी इलेन एनजीकी १८ वर्षीया छोरी इटा एनजीको एक भिडियो अहिले युट्यूबका भाइरल भइरहेको छ ।ज्याकी च्यानकी छोरी इटा एनजी पैसा नभएका कारण सडकमा रात बिताउन बाध्य भएकी छिन् । उनले आफू समस्यामा रहेको र आफूलाई मद्दत गर्न त्यसै भिडियोमार्फत अनुरोध गरिरहेकी छिन ।

इटाले उनकी प्रेमिकाको साथमा पछिल्लो एक महिनादेखि सडकमा रात बिताइरहेको कुरा बताएकी छिन । दुवैले यस कारणको जिम्मेवार आफूहरुको परिवार रहेको पनि बताएका छन । इटा समलिङ्गी रहेकाले परिवारहरुले यस कुरालाई स्वीकार नगरेको तसर्थ प्रेमिकाको साथ सडकमा रात बितारहेको बताएकी छिन ।

यता बलिउड एक्टर सोनु सुदले भने ज्याकीको यो फैसलाको सपोर्ट गरेका छन् । ज्याकी संग इन्डो चाइनिज फिल्म ‘कुंग फु योग’ मा काम गरेका सोनु भन्छन्, ‘ज्याकी सही छन् । यदि बच्चा गलत तरिकाले अगाडी बढ्दै छन् भने प्यारेन्ट्स स्ट्रिक्ट त हुनै पर्छ नी !’