र्यापर हनी सिंह नयाँ लुकमा


भारतीय मस्ट पपुलर र्यापर यो यो हनी सिंह धेरै समय देखि कुनै गीत तथा भिडियोमा देखिएका छैनन् । अब भने उनी छिटै नै कम्ब्याक हुदै छन् । २०१४ मा ‘देशी कलाकार’ म्युजिक भिडियोमा देखिएका हनी सिंहले आफ्नो बडी देखाउदै एक फोटो सामाजिक संजालमा सेयर गरेका छन् । फोटो हेर्दा लाग्छ उनी पहिले भन्दा धेरै फरक रुपमा आउदै छन् । उनको कपाल पनि लामो भएको छ भने म्युजिक भिडियोको लागि मसल्स पनि बढाएका छन् ।

फोटो सेयर गर्दै हनी सिंहले लेखेका छन्, ‘आफ्नो आउन लागेको भिडियोको लागि मसल्स बढाएको हुँ । म छिटै नै एउटा म्युजिक भिडियोमा आउदै छु जहाँ मेघा लुकको जरुरत छ । मलाइ तपाई सबैको माया र सहयोगको जरुरत छ । उनी फिल्म ‘टीटू की स्वीटी’ को गीत ‘दिल चोरी साडा हो गया’ र ‘छोटे छोटे पैग’ मार्फत गायनमा फ़र्किएका थिए । यी गीतहरुको युटुबमा ३ करोड भन्दा बढी भ्यु मिलिसकेको छ ।