बलिउड एक्ट्रेस करिश्मा कपुर नेपालमा


बलिउड अभिनेत्री करिश्मा कपूर नेपाल आएकी छन् । मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा सहभागी हुन नेपाल आएकी हुन् । उनलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गरीएको थियो र उनले  मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ समेत गरिसकेकी छन्  ।

मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा भाग लिन करिश्मा ७ मे मा नेपाल आएकी हुन् । ज्वेलरीको ओपनिङ अफर ७ मे देखि ११ मे सम्म ४ दिनका लागि खुल्ला गरिएको छ । जसमा ग्राहकहरुका लागि विशेष छुट, लकी ड्र र हनीमून प्याकेजको व्यवस्था गरिएको छ ।

करिश्मा यस अघि पनि एक पटक नेपाल आएकी थिइन् । उनी नेपाली डिजाइनरद्धारा डिजाइन गरिएको ड्रेस लगाएर र्याम्प वर्कमा उत्रिएकी थिईन् । दिल्लीको इण्डिया गेटनजिक बिकानेर भवनमा भएको फेशन वीकमा नेपाली डिजाइनर प्रिया राउतद्वारा निर्मित पहिरन लगाएर स्टेजमा जाँदा उनी र उनले लगाएको पहिरनको सबैले प्रशंसा गरेका थिए । यसै क्रममा करिश्माले छिट्टै नेपाल आउने प्रतिबद्धता पनि जनाएकी थिईन् ।