सलमानले छोडेका ६ ब्लकबस्टर फिल्म

बलिउडमा सलमान खानका फिल्महरुले ठुलो व्यापारिक सफलता पाइरहेका छन् । तर, उनले यस्ता केही फिल्महरु खेल्न अस्वीकार गरे जसको पश्चाताप आज पनि उनी गरिरहेका छन् । पुराना दिनहरुमा गरेका ती गल्तीलाई उनी ठुलो भुलको रुपमा लिने गर्छन् । तर, उनले छोडेको फिल्महरुले शाहरुख खानले भने बलिउडमा ठुलो फड्को मारे । उनले छोडेका धेरै फिल्महरुमा शाहरुख खानलाई लिइएको थियो । ती फिल्महरु आज पनि उत्तिकै चर्चीत छन् र सुपरहिट पनि ।

१. बाजीगर
फिल्म ‘बाजीगर’ मा खेल्न सलमान खानलाई अफर गरिएको थियो । तर, उनले फिल्मलाई सोझै अस्विकार गरिदिए । यो फिल्म त्यसपछि शाहरुख खानको पोल्टामा पर्यो । फिल्ममा नेगेटिभ रोल गर्न नचाहेका कारण सलमानले यस फिल्म खेल्न अस्वीकार गरेका थिए । शाहरुख यस फिल्म पश्चात रातारात हिट भए ।

२. कल हो ना हो
अर्को सुपर हिट फिल्म ‘कल हो ना हो’ सलमान खानले खेल्न अस्वीकार गरे । यस फिल्ममा समिरको रोल सलमान खानलाई अफर गरिएको थियो । उनले अस्वीकार गरेपछि उक्त रोल सैफ अली खानलाई अफर गरियो । फिल्म सुपरहिट भयो । शाहरुख खानको सर्पोटिङ रोलमा काम गर्न उनले रुची देखाएनन् ।

३. चक दे इण्डिया
धेरैलाई थाहा नहुन सक्छ यो फिल्म पनि सलमान खानलाई अफर गरिएको थियो । प्रशिक्षकको भुमिका निभाउन उनलाई यस फिल्मको अफर गरिएको थियो । तर, यो फिल्म पनि शाहरुख खानको पोल्टामा पर्यो । सलमानले कारण देखाउँदै फिल्म खेल्ने नसक्ने भनेपछि शाहरुखलाई लिइएको थियो । भारतीय खेल इतिहासको सफल फिल्ममा लिइएको यस फिल्मको हिस्सा बन्न सकेनन् सलमान खान ।

४. गजनी
सलमान खानलाई सोचर एउटा चर्चीत फिल्म लेखिएको थियो फिल्म ‘गजनी’ । एकपटक यस फिल्मलाई पनि रिजेक्ट गर्दै सलमानले गल्ती गरे । यस फिल्मको दोस्रो हाफमा धेरै बोल्नुपर्ने दृश्यहरु पनि थिएनन् । तर, यो फिल्म आमिर खानको पोल्टामा पर्यो । फिल्मले इतिहास रच्दै बक्स अफिसमा कमाइ गर्यो ।

५. दिलवाले दुल्हनिया ले जाएगे
भारतीय फिल्म इतिहासमा सबैभन्दा हिट रहेको फिल्म ‘दिलवाले दल्हनिया ले जाएगे’ फिल्म पनि सलमान खानलाई अफर गरिएको थियो । फिल्ममा राजको भुमिकामा देखिएको भए उनको फिल्ममा प्रयोग हुने नाम प्रेम भन्दा राज नै धेरै चर्चामा रहन्थ्यो । तर, उनको यो फिल्म पनि शाहरुखको पोल्टामा पर्यो ।

६. जोश
फिल्ममा ‘जोश’ मा शाहरुख खानको भुमिकालाई लिएर ठुलो चर्चा भएको थियो । सलमानले अस्वीकार गरेको यो फिल्मले सलमानलाई बेलाबेलामा झस्काइरहन्छ । आफ्नी प्रेमिका ऐश्वर्याको भाइ बन्न नचाहेका कारण उनले यस फिल्म अस्वीकार गरिदिएका थिए । फिल्म ब्लकबस्टर थियो ।