बिहेको १४ बर्षमा बाबु बने ‘गोलमाल’ अभिनेता


अभिनेता श्रेयस तलपड़े विवाहको १४ बर्ष पछि बाबु बनेका छन् । सोरोगेसीको माध्यमबाट उनको छोरी भएकी छन् । श्रेयस र उनकी पत्नी दीप्ति छोरीको आगमनले खुसि छन् । यी दुइले २००४ मा विवाह गरेका थिए ।


डाक्टरले बच्चा १० १२ मेमा जन्मिने बताएका थिए । त्यसै कारण उनले हंकंगमा होलिडे इन्जोई गर्ने प्लान बनाएका थिए तर छोरी जन्मिने भएको कारण उनले ट्रीप क्यान्सिल गरेर छोरीसंग समय बिताउने निर्णय गरेका छन् । उनले भने ‘जब हामी जादै थियौ, सोरोगेट मदरलाई पीडा भएको हुनाले हामी फर्कियौ ।’ जब श्रेयस र उनकी पत्नी प्लेनमा थिए त्यहि समय उनीहरूकी छोरीको जन्म भएको थियो ।


श्रेयसले गोलमाल सिरिजको ४ फिल्ममा काम गरेका छन् । यसका साथै एकवाल, ओम शान्ति ओम, पेइंग गेस्ट, हम तुम, शबाना, हाउस फुल २, जोकर लगायतका फिल्ममा उनको अभिनय रहेको छ ।