प्रेग्नेन्ट हुदा यस्ता थिए करिना, ऐश्वर्या र ७ एक्ट्रेस, पछि फिट भए


अहिले करिना कपूरको जिरो फिगरको चर्चा भईरहेको छ । प्रेग्नेन्सीका दौरानमा उनको वजन बढेको थियो । अपकमिङ फिल्म वीरे दी वेडिंगको सुटिंग गरिरहेकी करीना छोरो तैमूर जन्मेको १४ महिना पछि नै एकदमै स्लिम भएकी छन् । प्रेग्नेन्सी पछि पहिले जस्तै स्लिम भएकी एक्ट्रेस करिना मात्र होइनन् । अरु एक्ट्रेसहरुका पनि प्रेग्नेन्सी पछि धेरैमा मोटोपन बढेको थियो भने केहि समयमै आफ्नो फिट्नेस मेन्टेन गर्न सफल भएका थिए । अरु एक्ट्रेसहरु जस्ले प्रग्नेन्सी पस्चात आफ्नो फिट्नेसलाई मेन्टेन गर्न सफल भए ।


ऐश्वर्या राय

४४ बर्षकी पूर्व मिस वल्र्ड र हम दिल चुके सनम ,गुरु , देवदास , ऐ दिल है मुश्किल जस्ता फिल्महरुमा दमदार अभिनय गरिसकेकी अभिनेत्री हुन् एश्वर्या राय । उनले २००७ सालमा अभिषेक बच्चनसँग विवाह गरेकी थिईन् । २०११ मा उनले छोरी आराध्यालाई जन्म दिएकी थिईन् । उनले २०१५ मा फिल्म जज्बाको कमब्याक गर्नको लागि वजन घटाएकी थिईन् । अहिले उनी एकदम फिट देखिन्छन् । पछिल्लो समय एश्वर्या फिल्म डाईरेक्टर अतुल मान्जरेकर निर्देशित फिल्म फन्ने खान को प्रदर्शनलाई कुरिरहेकी छिन् । यो फिल्म अहिले पोस्ट प्रोडक्सन स्टेजमा रहेको छ ।


रानी मुखर्जी

४० बर्षिया नायिका रानी मुखर्जी जस्ले गुलाम, कुछ कुछ होता है, नायक जस्ता फिल्महरुमा अभिनय गर्दै २०१४ मा प्रोड्यूसर अदित्य चोपडाको साथ विवाह गरेकी थिईन । २०१५ मा छोरी आदिरा जन्मेकी थिइन् । यसपछि उनले फिल्ममा कमब्याक गर्नका लागि वजन घटाउन थालेकी थिईन । छोरीका जन्मपछि उनको कमब्याक फिल्म हिच्की भर्खरै रिलिज भएको छ ।

शिल्पा शेट्टी
४२ बर्षीया शिल्पाले बाजीगर, मै खेलाडी तु अनाडी, रिश्ते, लाईफ ईन अ मेट्रो जस्ता फिल्महरुमा काम गरिसकेकी छन् । उनी सुपर डान्सरको पनि जज हुन् जस्को दास्रो सिजन भर्खरै मात्र पुरा भएको छ । शिल्पाले २००९ मा बिजनेसम्यान राज कुंद्रासँग विवाह गरेकी थिइन् भने २०१२ मा छोरा विवानलाई जन्म दिएकी थिईन । प्रेग्नेन्सीको दौरानमा उनको पनि वजन बढेको थियो । उनले योगको माध्यमबाट आफ्नो फिटनेस मेनटेन गरिन । उनी अहिले पहिलेको जस्तै फिट छन् ।

काजोल
४३ बर्षिय काजोलले दिलवाले दुल्हनिया ले जायेगे, गुप्त, कुछ कुछ होता है जस्ता फिल्महरुमा काम गरिसकेकी छिन् । उनले १९९९ मा अजय देवगनका साथ विवाह गरेकी थिईन । २००१ मा उनी आफ्नी छोरी न्यासीकी आमा बनिन् भने यसको ७ बर्ष पछि २०१० मा उनले छोरा युगलाई जन्म दिएकी थिईन । दुई प्रेग्नेन्सी पछि पनि उनले आफूलाई फिट राखिन । उनले २०१५ मा निर्देशक रोहित शेट्टिद्धरा निर्देशित फिल्म दिलवाले मा कमब्याक गरेकी थिईन् ।

लारा दत्त
३९ बर्षिया पूर्व मिस यूनिभर्सले भागमभाग, पार्टनर जस्ता फिल्ममा काम गरिसकेकी छिन् । उनी यहि साल २०१८ मा रिलिज भएको वेलकमा टू न्युयोर्कमा देखिएकी थिइन् । २०११ मा उनले टेनिस प्लेयर महेश भुपातिसँग विवाह गरेकी थिईन । २०१२ मा उनले छोरा सायरालाई जन्म दिएकी थिईन । उनी पनि प्रेग्नेन्सी पछि मोटाईन तर फेरी उनले आफ्नो फिट्नेस मेनटेन गरिन् । र २०१३ मा डेविड फिल्मबाट बलिउड कमब्याक गरिन् ।

तारा शर्मा
४१ बर्षिया तारा शर्माले मस्ती, पेज ३, दुल्हा मिल गया जस्ता फिल्महरुमा अभिनय गरेकी थिईन् । उनी २०१२ मा फिल्म १० एमएलमा देखिएकी थिईन । उनले २००७ मा ईन्टरप्रेनर रुपक सलूजाका साथ विवाह गरेकी थिईन र दुई बच्चाका आमा बन्न पुगिन । उनी पनि वजन कंट्रोल गर्नकै लागि योगा गर्ने गर्थिन ।

मन्दिरा बेदी
सिरियल शांन्तिबाट पपूलर भएकी मन्दिरा बेदीले सिरियल मात्र नभएर फिल्म दिलवाले दुल्हनिया ले जायेंगे, वोडका डायरी जस्ता फिल्ममाहरुमा काम गरिसकेकी छिन् । उनी टिभी प्रेजेन्टर पनि हुन् । उनले १९९९ मा विवाह गरिन् र २०११ मा पहिलो छोराको आगमन भएसँगै २०१३ मा उनले छोरीलाई जन्म दिएकी थिईन् । उनी दुई छोराछोरीकी आमा भएपनि फिटनेसको मामलामा एक्टिभ छिन् ।

कोकणा सेन शर्मा
३८ बर्षिया कोकणा शर्माले मिस्टर एण्ड मिसेस आयर, लाईफ इन अ मेट्रो जस्ता फिल्महरुमा अभिनय गरिसकेकी छिन् । उनले २०१० मा रणवीर शौरीसँग विवाह गरिन र २०११ मा उनले एक छोरालाई जन्म दिईन । छोरोको जन्म पस्चात पनि उनले अफ्नो शरिरलाई फिट नै राख्न सफल भईन । उनले छोराको जन्मपछि पनि धेरै फिल्महरुमा अभिनय गरेकी छन् ।