डेनी डेङजोग्पाको ‘बाइस्कोपवाला’ ट्रेलर रिलिज

डेनी डेङजोग्पा स्टारर फिल्म ‘बाइस्कोपवाला’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा डेनी फरक फरक भूमिकामा देखा परेका छन् । यो फिल्म रविन्द्रनाथ ट्यागोरद्वारा १८९२ मा लेखिएको कथा ‘काबुलीवाला’ मा आधारित छ । देब मेढेकर निर्देशित फिल्ममा डेनीका अलावा गीतान्जली थापा, तिस्का चोपडा र अदिल हुसेनको मुख्य भूमिका छ । सुनिल दोषी प्रोड्युसर रहेको फिल्म मे २५ मा रिलिज हुदैछ ।