हिमेश रेशमियाले गरे सोनिया कपूरसँग दोस्रो विवाह

बलिउडका चर्चित गायक हिमेश रेशमियाले सोनिया कपूरसँग विवाह गरेका छन् । लामो समयदेखि प्रेममा रहेका हिमेश र सोनियाले सनिबार मुम्बई स्थित निजि निवासमा बिवाह गरेका हुन् । सोनिया कपूरले ‘किट्टी पार्टी’, ‘पियाका घर’, ‘आ गले लग जा’, ‘सती…सत्य की शक्ति’, जस्ता चर्चित सिरियलमा अभिनय गरिसकेकी छन् ।

केहि समयदेखि विवाहको हल्ला चलेपनि त्यो हल्ला प्रति खासै टिप्पणी नगरेका यी जोडीको बिवाहको खबर हिमेशका बिजनेस पार्टनर राकेश उपाध्यायकाले मिडियालाई दिएका थिए । हिमेशले अघिल्लो बर्ष मात्र २२ वर्ष लामो वैवाहिक जीवनको अन्त्य गरेका थिए ।