दंगल र सिक्रेट सुपरस्टार नायिकालाई आत्महत्याको सोच

आमिरखानका सुपर हिट फिल्म दंगल तथा सिक्रेट सुपरस्टार लगायतमा अभिनय गरेकी छन् नायिका जायरा वसीमले । फिल्मका माध्यमबाट अरुलाई जीवन बाँच्ने उत्प्रेरणा दिँदै आएकी जायरा वसीम आफू भने डिप्रेशनको शिकार भएकी छन् । १७ वर्षीया जायराले आफु लामो समयदेखि डिप्रेशन र एन्जाइटीबाट पीडित भएको कुरा सामाजिक संजाल मार्फत खुलासा गरेकी छन् ।

साथै उनले यहि बिमारीका कारण दिनमा पाँच वटा एन्टी-डिप्रेशनको गोलीहरु खाइरहेकी छन् । डिप्रेशनका कारण एन्जाइटी अट्याक आउने गरेको र थकित, एक्लो, रित्तो रित्तो र एकदमै डर महसुस हुने गरेको उनले बताइन् । उनले बेला बेलामा आफुलाई आत्महत्या गर्ने सोच आउने गरेको समेत बताएकी छन् । उनी १२ वर्षकी हुँदा पहिलोपल्ट प्यानिक अट्याक भयो र १४ वर्षको हुँदा दोस्रो पटक अट्याक आएको थियो र यसपछि यस्तो अट्याक उनले धेरै पटक झेल्नु पर्यो जसका कारण घरिघरि जीवनलाई नै यत्तिमा नै सिमित गरिदिउँ जस्तो लाग्ने गरेको बताइन ।