मिथुन चक्रवति अस्वस्थ, अस्पताल भर्ना

बलिउड अभिनेता मिथुन चक्रवतिको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । लामो समयदेखि अस्वस्थ चक्रवति यसअघि घरमै आराम गरिरहेका थिए। तर समस्या बढेपछि उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ ।
९ वर्ष पहिले इमरान खानको चलचित्र लकको कार्यक्रमका क्रममा उनको ढाडमा चोट लागेको थियो । जम्प गर्न खोज्दा टाइमिङ मिस हुँदा उनी लडेका थिए । त्यो बेलादेखि उनी ब्याकपेनको समस्याबाट पीडित हुँदै आएका छन् ।
मिथुन पछिल्लो वर्ष ब्याकपेनको उपचारका लागि यूएस गएका थिए। केही समयको उपचारपछि उनी फर्किएका थिए । फर्किएर ‘द ताकंद फाइल्स’ मा काम गर्ने तयारी गरेका थिए । विरामीका कारण उक्त फिल्मको छायांकन रोकिएको छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया