बक्स अफिसमा राजी

शुक्रबार रिलिज भएको आलिया भट्टको फिल्म ‘राजी’ ले बक्स अफिसमा सुखद व्यापार गरेको छ । फिल्मले रिलिजको दिन ७.५ करोड कमाएको थियो भने दोस्रो दिन शनिबार ११.३ करोडको कलेक्सन गरेको थियो ।

यससँगै फिल्मले दुई दिनमा १८.८ करोड कमाएको छ । फिल्ममा आलियाले जासूसको भूमिका निभाएकी छन् । ‘राजी’ एक महिला प्रधान फिल्म हो । फिल्ममा आलियाको अभिनयले तारिफ पाइरहेको छ ।