माधुरी दीक्षितको क्रिकेटर प्रेमी

मुस्कानले दिवाना बनाउने अभिनेत्री माधुरी दीक्षित भर्खरै ५१ वर्ष लागेकी छन् । उनी निर्देशक रोहित शेट्टीको फिल्म ‘टोटल धमाल’मा फेरि पनि अनिल कपूरसँग देखिदै छन। माधुरीलाई चाहनेवालाको लिस्टमा बलिउड अभिनेताको लामै सूची छ । उनको नाम सञ्जय दत्त र अनिल कपूरसँग जोडिने गरिन्थ्यो तर माधुरीको दिल भने क्रिकेटर जय जडेजाको लागि धड्किन लागेको थियो । तर उनीहरुको सम्बन्ध धेरै अघि बढ्न सकेन । यी दुइको भेट एक म्यागजिनको फोटोशुटको बेला भएको थियो । पहिलो भेटमै माधुरी र अजयको अफेयरको किस्सा चारैतिर फिजिएको थियो ।
माधुरीसँग नाम जोडिएपछि अजय जडेजा फिल्मी क्षेत्रमा कदम राख्ने चर्चा हुन् सुरु भएको थियो । यति मात्र नभई माधुरी स्वयमले एक फिल्म निर्मातासँग अजयलाई फिल्ममा लिनको लागि सिफारिस पनि गरेकी थिईन । माधुरीसँग नाम जोडिएपछि यसको प्रभाव उनको खेलमा देखियो र उनको पर्फमेन्स लगातार गिर्दै गयो ।
जडेजाको खेलमा असर परे पछि उनका घरपरिवार उनीप्रति रुष्ट भएका थिए । जडेजा रोयल परिवारका थिए भने माधुरी एक मध्यमवर्गीय परिवारबाट थिईन । यस कारण अजय जडेजाका परिवार यस अफेयरको बारेमा खुशी थिएनन् र उनीहरु माधुरीसँगको सम्बन्ध रुचाउदैन थिए । यहि बीच अजय जडेजाको नाम भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान मोहम्मद अजहरुद्दीनसँग म्याच फिक्सिंगमा जोडियो । जडेजाको यस गल्तीको कारणले माधुरीले उनीसँगको दूरी बढाइन । पछि माधुरीले डाक्टर श्रीराम माधव नेनेसँग विवाह गरिन् ।

देवल परिवारका लागि यो बर्ष कसरी बन्यो बम्पर

बलिउड अभिनेता अमिर खान २४ घण्टासम्म चक्राबत मिचुआङमा फसे पछि...

अर्जुन कपुरको एउटा फिल्म जसले २ लाख पनि कमाउन सकेन

मृगौला फेल भएपछि ‘सीआइडी’का ‘फ्रेडी’को निधन

‘डंकी’को ट्रेलरमा देशप्रेम, कमेडी र मित्रताको कथा

ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?’

'भुल भुलैया- ३' मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा रिजेक्ट

प्रतिक्रिया