आमिरको ‘महाभारत’ मा सलमानको इन्ट्री ?

आमिर खानको द्रेम प्रोजेक्ट फिल्म महाभारतमा सलमान खानले कृष्णको रोल गर्नसक्ने भएका छन् । अमिरले भने कर्णको भूमिका निभाउने पक्का पक्कि नै भएको छ । अहिले सम्म कुनै आधिकारिक जानकारी भने आएको छैन । समाचार श्रोतका अनुसार आमिरले महाभारतमा द्रौपदीको भूमिका दीपिका र सना सेखलाई अप्रोच गरेका थिए । फिल्म द्रौपदीको दृस्टीकोणबाट प्रस्तुत गरिने छ ।

महाभारत आमिरको ड्रीम प्रोजेक्ट रहेको र फिल्ममा ए लिस्टर्सको मात्र कास्ट गर्ने बताइएको छ । फिल्मलाई रिलायन्श इन्डस्ट्रिको मालिक मुकेश अम्बानीले १०० करोडको लगानी गर्ने छन् । यती मात्र होइन मुकेश आमिरको ड्रिम प्रोजेक्ट महाभारतको को प्रड्यूसर पनि हुने भएका छन् । मुकेशले हालै इरोज इन्टरनेसनल र एकता कपूरको प्रोडक्सन बालजीमा पैसा लगानी गरेका छन् । रिपोर्ट अनुसार आमिरको महाभारत एक फिल्म नभएर ५ सिरिज बन्ने बताइएको छ ।

यस फिल्मको लागि आमिरलाई १० देखि १५ बर्षसम्म लाग्ने भएको छ । सीरिजको पहिलो भाग अद्वेत चन्दनले डाईरेक्ट गर्ने भएका छन् । उनले आमिरको सेक्रेट सुपरस्टार पनि डाईरेक्ट गरेका थिए भने एक सिरिज आमिर आफै डाइरेक्ट गर्ने छन् । फिल्मलाई ऐड गुरु वीए श्रीकुमार मेननले डाईरेक्ट गर्ने भएका छन् । फिल्मको शूटिंग सेप्टेम्बर २०१८ बाट सुरु हुने बताइएको छ भने २०२० मा रिलिज गर्न तयारी गरिएको छ ।