बलिउड नायिका, कसको हाइट कति ?

फिल्मको नायक नायिका अग्ला पनि हुनुपर्छ । त्यसैले निर्माता निर्देशकहरु सकभर आफ्ना नायक नायिका लम्बु नै हुन् भन्ने इच्छा राख्दछन् । बलिउडमा अहिले चल्तीका हिरोइनमध्ये सबैभन्दा बढी उचाइ अनुष्का शर्मा, दीपिका पादुकोण र सोनाम कपुरको छ । ३० वर्षीया अनुष्का, ३२ वर्षीया दीपिका र ३२ वर्षीया सोनामको उचाइ ५ फिट ९ इन्च छ ।

दीपिका पादुकोण : ५.९ फिट
३२ वर्षीया दीपिकाको उचाइ ५.९ फिट छ । दीपिकाले शाहरूख खानको जोडीका रूपमा सन् २००७ मा फिल्म ओम शान्ति ओम बलिउडमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले लब आजकल, हाउसफुल, ककटेल, ए जवानी है दिवानी, चेन्नाई एक्सप्रेस, रामलीला, बाजिराव मस्तानी, पद्मावतलगायत हिट फिल्म दिएकी छिन् । यस वर्ष उनको जिरो फिल्म रिलिज हुदै छ ।

सोनम कपुर : ५.९ फिट
सोनम पनि ५.९ फिट अग्ली छिन् । ३२ वर्षीया सोनाम चर्चित अभिनेता अनिल कपुरकी छोरी हुन् । सञ्जयलीला भंसालीको सांवरिया फिल्मबाट बलिउड छिरेकी सोनमले यही महिना प्रेमी आनन्द आहुजासँग बिवाह गरेकी छन् । सोनमका यस वर्ष वीरे दि बेडिङ, सन्जु, द जोया फ्याक्टर र एक लड्कीको देखा तो ऐसा लगा गरी चारवटा फिल्म रिलिजको तयारीमा छन् ।

क्याटरिना केफ : ५.८ फिट
अर्की चर्चित हिरोइन क्याटरिना केफ, दीपिका, अनुष्का र सोनमभन्दा एक सेन्टिमिटर होची छन् । उनको उचाइ ५ फिट ८ इन्च छ । मैने प्यार क्युं किया, हमको दिवाना कर गए, नमस्ते लन्डन, पार्टनर, वेलकम, राजनीति, एक था टाइगर, जब तक है जान, टाइगर जिन्दा हैलगायत थुप्रै हिट फिल्म दिएकी कैटरिना यस वर्ष ठग्स् अफ हिन्दुस्तान र जिरोमा देखिने छन् ।

कंगना रणावत : ५.८ फिट
कंगना रणावत पनि क्याटरिना बराबर उचाइकी छन् । अर्थात कंगनाको उचाइ पनि ५ फिट ८ इन्च छ । सन् २००६ मा ग्यांगस्टर फिल्मबाट डेब्यु गरेकी उनले त्यसपछि फेसन, वान्स अप अन अ टाइम इन मुम्बई, तनु वेड्स मनु, कृष ३, तनु बेड्स मनु रिर्टन्स, क्विन, सिमरनलगायत फिल्ममा अभिनय गरेकी छिन् । उनको यो वर्ष मर्णिकर्णिका-द क्विन अफ झासी र मेन्टल है क्या फिल्म प्रदर्शनमा आउँदै छन्।

प्रियंका चोपडा : ५.७ फिट
बलिउडका तथा हलिउडमा समेत अभिनय प्रतिभा प्रस्तुत गरिरहेकी प्रियंका चोपडा ५ फिट ७ इन्च अग्ली छिन् । सन् २००३ मा अन्दाज फिल्मबाट डेब्यु गरेकी पूर्वमिस वल्ड प्रियंकाले त्यसपछि एतराज, कृष, फेसन, दोस्ताना, ७ खुन माफ, बर्फी, बाजीराव मस्तानीलगायत हिट फिल्म दिएकी छिन् । उनलाई दर्शकले अब सन् २०१९ मा भारत फिल्ममा देख्न पाउनेछन् ।

ऐश्वर्या राय : ५.६ फिट
पूर्वविश्व सुन्दरी ऐश्वर्या रायको उचाइ ५ फिट ६ इन्च छ । एक छोरीकी आमा ऐश्वर्या अहिले पनि अभिनयमा उत्तिकै सक्रिय छिन् । सन् १९९७ मा और प्यार हो गया फिल्मबाट डेब्यु गरेकी उनका हम दिल दे चुके सनम, ताल, जोश, मोहब्बते, देवदास, कुछ ना कहो, धुम २, जोधा अबकरलगायत थुप्रै फिल्म हिट छन् । उनको यो वर्ष फन्ने खां नामक फिल्म रिलिज हुनेछ ।