छिटै फिल्म सकेर के गर्दै छन्, दीपिका-रणवीर ?

- मेराेफिल्म

सोनामको बिवाहपछि अब बलिउडमा दीपिका र रणवीरको बिवाहको चर्चा चल्न थालेको छ । यी दुई बिगत ५ बर्ष देखि प्रेममा रहेका छन् । दुबैले आफ्ना स्टाफलाई ३ महिन अक्टुबर नोभेम्बर र डिसेम्बरमा छुट्टी दिने निर्णय गरेका छन् । त्यस्तै रणवीर आफ्नो अप कमिंग फिल्म सिम्बाको सुटिंग छिटै सक्ने तयारीमा छन् । तर अहिले सम्म बिवाहको मिति भने फिक्स भएको छैन ।

स्रोतका अनुसार रणवीरले फिल्म सिम्बाको डाइरेक्टर रोहित शेट्टीसंग चाडै सुटिंग सक्नेबारे कुरा गरेका छन् । उनी चाहन्छन सबै काम एकै पटकमा सकियोस दोहोर्याएर गर्न नपरोस । रणवीर अक्टुबर र नोभेम्बरमा फ्री हुन चाहन्छन । र यसको कारण बिवाहलाई नै मानिएको छ ।

२०७५ जेठ ८ गते १०:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *