अरबाजले आरोप स्वीकारे, के होला ‘दबंग ३’ ?

सलमान खानका भाइ अरबाज खानले पुलिस समक्ष आफुले आइपीएलमा सट्टाबाजी गरेको कुरा स्वीकारेका छन् । तीन बर्षमा आफुले ३ करोड रूपैया हारेको समेत उनले बताए ।

२९ मेमा सोनु जालान नामका एक व्यक्तिलाई भारत प्रहरीले गिरफ्तार गरेको थियो । उसबाट प्राप्त डायरीमा अरबाजको समेत नाम देखे पछि प्रहरीले उनीसंग सोधपुछ गर्दा उक्त कुरा बाहिरिएको हो । अनुसन्धान गर्ने क्रममा यी दुइ बीचको कल डिटेल समेत प्राप्त भएर उक्त काममा अरबाजको संलग्नता पुष्टि भएको हो । उनले सोनु कै माध्यमबाट पैसा लगाएको, ५ वर्षबाट यो काममा संलग्न रहेको तथा बिगत ३ वर्षमा धेरै घाटा भएको कुरा बताएका छन् ।

जब सलमानले यस कुराबारे जानकारी प्राप्त गरे तब उनी धेरै नै रिसाए । एक पटक त उनी अरबाजलाई पिट्नै लागेका थिए बीचमा आएर आमाले बचाइन । यस भन्दा पहिला पनि अरबाजसंग तिर्नको लागी रकम थिएन । त्यो समयमा सलमानले उनलाई सहयोग गरेका थिए । तर यस पटक भने के गर्ने हुन् हेर्न बाकी छ ।  दबंग ३ का निर्माता समेत रहेका अरबाज पुलिस केसमा फसेका कारण चाडै नै सुरु गर्ने भनेको फिल्म कहिले र कसरि सुरु हुन्छ या हुदैन ? यो भने हेर्न बाकी छ ।