पुनः दबंग पुलिस इन्स्पेक्टर बन्दै अक्षय

- मेराेफिल्म

अक्षय कुमारका फ्यानलाई कमेडी र एक्सनले नै लठ्याउने गर्छ ।  यहि कुरालाई ध्यानमा राख्दै अक्षय त्यहि किसिमको फिल्म गर्दै छन् र सुपर हिट समेत हुदै गैरहेका छन् । फिल्म राउडी राथोड़ पनि यहि लिस्टमा पर्छ ।

हाल यहि फिल्म राउडी राथोड़को सिक्वेल फिल्मका लागि स्क्रिप्टको काम चलिरहेको छ । संजय लिला भन्साली को प्रोडक्सनमा बन्न लागेको यो फिल्मको सुटिंग चाडै नै सुरु हुदै छ । फिल्म पहिलेको जस्तो साउथको रिमेक भने होइन । अक्षय फेरी पनि दबंग पुलिस इन्स्पेक्टर बिक्रम राथोड़को भूमिकामा नजर आउने छन् ।फिल्म निर्देशक प्रभुदेवा रहने छन् भने बाकी कास्ट फाइनल भएको छैन । २०१२मा अक्षय सोनाक्षीको फिल्म राउडी राथोड़ सुपरहिट थियो ।

२०७५ जेठ २२ गते ११:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *