‘सबै हल्ला मात्र’

सामाजिक सञ्जाल तथा भारतीय मिडियामा नेहा धुपिया बिहे अघि नै गर्भवती भएको कुरालाई लिएर चर्चा भइरहेको छ । ‘उनी बिहेअघि नै गर्भवती थिइन् र यही कारण उनले गुपचुपमा बिहे गरेकी हुन्’ भन्ने कुराको चर्चा चलिरहेको छ ।

छोरीको यस्तो कुराले मिडिया तातेपछि अन्तत: नेहाको बुवाले मुख खोलेका छन् । उनले भने, नेहा र अंगदले हतारमा बिहे गरेका हुन् । यही कारण मान्छेहरूले यस्तो आशंका गरिरहेका छन् । यो बेकारको हल्ला मात्र हो । वेदी परिवार र हामी मिलेरै बिहे तय गरेका हौँ । फेरि, दुवैका सामुन्ने धेरै कामहरू छन्, गर्नुपर्ने । त्यही कारण पनि बिहेको मिति चाँडै तय भएको हो । अरु सबै हल्ला मात्र हो ।