नरगिस – मनिषा छुट्याउनै गाह्रो

संजय दत्तको बायोपिक ‘संजु’ का डाइरेक्टर राजकुमार हिरानीले बुधबार सुनिल दत्तको ९० औ बर्थ एनिभर्सरीको अवसरमा नयाँ पोस्टर सार्वजनिक गरेका छन् । यो पोस्टरमा नारगिसको भूमिकामा आउदै गरेकी मनिषा कोइराला र रणवीर कपुर देखिएका छन् । पोस्टरमा मनिषा नरगिस जस्तै देखेकी छन् । फिल्मको नाम संजु पनि यस कारण राखिएको हो की नरगिस संजयलाई मायाले ‘संजु’ भन्ने गर्थिन ।

रणवीर कपुरको मुख्य अभिनय रहेको यस फिल्ममा परेश रावल मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर लगायतको अभिनय रहेको छ । राजकुमार हिरानी निर्देशित फिल्म बिनोद चोपरा फिल्म्स र राजकुमार हिरानी फिल्मको ब्यानरमा फक्स स्टार स्टुडियोको सहकार्यमा निर्माण भएको हो । असार १६ बाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर केहि दिन अगाडी सार्वजनिक भएको थियो ।