अमिरले गरे निमृत तथा एकताको खुलेर प्रसंसा

आमिर खानलाई सिनेमाको दुनियामा भरोसा बोकेका अभिनेता मानिन्छन् । आमिरको फिल्ममा काहानी मनोरन्जानत्मकका साथै फिल्म पनि जनचेतना मुलक हुने गरेको छ । र उनको फिल्मले बक्स अफिसमा पनि किर्तिमान रच्ने गर्दछ । त्यसै कारण आमिरको धेरै तारिफ गरिन्छ । आमिरले भने हालै निमृत तथा एकता कपूरलाई तारिफ गरेका छन् । आमिरले अमृतलाई तारीफ कुनै फिल्मलाई लिएर होईन । उनले एक वेब सीरीजलाई लिएर तारीफ गरेका छन्, जसको शीर्षक रहेका छन् ‘द टेस्ट केस’ ।

आमिरले यो वेब सीरीज भर्खरै हेरेर सध्याएका छन् र पुरा हेरिसकेर उनले आफुलाई तारीफ गर्नबाट रोक्न सकेनन् । आमिरले लेखेका थिए- ‘वेब सीरीज द टेस्ट केस भर्खर हेरेर सिध्याए । मज्जा आयो । विनय वैकुलले शानदार काम गरेका छन् । विनयले एक एपिसोड बाहेक सबै डाईरेक्ट गरेका थिए । परफरमेन्स देखेरपनि मज्जा आयो । निमृत र पुरै कास्टले एकदमै राम्रो काम गरेछन् । एक शानदार वेब सिरिजको लागि धन्यबाद साथिहरु।’