रजनीकान्तको फिल्म ‘२.०’ समस्यामा

हालै सुपरस्टार रजनीकान्तको फिल्म काला रिलीज भएको छ । दर्शकले कालालाई निकै मन पनि पराए । अब उनको नयाँ फिल्म २.० रिलीजको तर्खरमा रहेको छ । उक्त फिल्म रोबोटको सीक्वेल रहेको छ । यस फिल्मलाई दर्शकले पर्खेको धेरै समय भईसकेको छ तर फिल्मको मिती सारेको सारेकै छ । फिल्मका ईन्टायर टिमले फिल्म रिलीजबारे मुख खोल्न चाहिरहेका छैनन् ।

फिल्ममा अक्षय कुमारको पनि अभिनय रहेको छ । उनले फिल्ममा भिलेनको भुमिका निभाएका छन् । खबर अनुसार फिल्म एक ठुलो पोस्ट प्रोडक्शनको समस्यामा फसेको छ । त्यसैले फिल्म समस्यामा परेको खबर बाहिरिएको छ । फिल्म पहिला मे २०१८ मा रिलीज हुने भनिएको थियो तर रिलीज हुन सकेन । यस पस्चात अगस्ट २०१८ लाई रिलिज डेढ सारेका थिए फेरी दर्शको पर्खाई पर्र्खाईमा नै सिमित रहने भयो । पछिलो समय पोस्ट प्रोडक्शनको काम यति सजिलो नभएको र अब फिल्म अगस्टबाट पनि रिलीज डेट सारेर २०१९ मा मात्र रिलीज हुने निर्माण टिमले बताएका छन् ।