अभिषेकलाई फिल्म खेल्न पत्नीको अनुमति चाहिने ?

बलिउड अभिनेता अभिषेक बच्चनले पत्नीको कारण फिल्म छोडेका छन् । सोनाली बोसको आगामी फिल्मका लागि प्रियंका चोपडाको अपोजिटमा अभिषेकलाई गरिएको अफर ऐश्वर्या रायका कारण अभिषेकले छाडेका छन् । पछिल्लो समय उनलाई खासै फिल्मको अफर भने आएकाक छैनन् ।

फिल्म मोटिभेसनल स्पिकर ‘पल्मोनरी फिब्रोसिस’ बाट पिडित आइसा चौधरीको जीवनीमा आधारित रहेर बन्न लागेको हो । फिल्ममा आयसाको रोल दंगल अभिनेत्री जायरा वसिमले निभाउने छन् । उनको बाबुको रोलमा अभिषेकलाई अफर गरिएको थियो ।

फिल्मको मुख्य पात्र आफू नहुने भएकाले ऐश्वर्याले पतिलाई फिल्म नखेल्न सुझाव दिएकी हुन् । बाबुको रोल गर्न थालेपछि भविष्यमा पनि फेरि यस्तै रोलमा मात्रै अफर आउने उनको चिन्ता छ ।