अप्ठ्यारो परिस्थितिमा छन्, सैफ अली खान

करियरको खराब समयमा छन् सैफ अली खान । फिल्म चल्न त छोडेकै थियो अब भने फिल्म पाउन समेत मुस्किल भएको छ । वेब सिरिजमा चित्त बुझाउदै छन् उनी । फेरी सलमानले उनको रेस फ़्रेन्चाइजमा पनि आखा लगाए ।

सलमानले जब रेस ३ मा काम गर्ने निर्णय गरे तब उनले सैफलाई सोधे ‘केहि आपत्ति त छैन ?’ बिचरा सैफ के भन्न सक्थे र । उनलाई सलमान सँगै सेकेन्ड लिड रोल अफर गरियो तर उनले सिदै अस्विकार गरे । आफुले लिड गरेको फिल्ममा सेकेन्ड लिड गर्न कसको मनले मान्छ होला र ? फेरी जब फिल्ममा सलमान नै छन् भने अरुले गर्न बाकी रोल के नै रहन्छ र ?