बक्स अफिसमा ‘रेस ३’

रेस ३ को पहिलो दिनको कलेक्सन २९ करोड पुगेको थियो । फिल्म ईदको ठिक अघिल्लो दिन रिलिज भएको थियो । फिल्मको पहिलो दिन सलमानको स्डारडमका कारण राम्रो ब्यवसाय गरेको थियो ।

निराशाजनक कुरा यो रहयो कि फिल्मलाई दर्शकले मन पराएनन् । रेस ३ ले फिल्म रिलिजको दोस्रो दिन ३८.१ करोड कलेक्शन गरेको छ । दुई दिनमा फिल्मले ६७.३१ करोड रुपैँया कलेक्सन गरिसकेको छ ।   सिंगल स्क्रीन र मल्टीप्लेक्समा हलहरुमा फिल्म धेरै मात्रामा प्रदर्शन भईरहेका छन् ।