अक्षय कुमारको ‘गोल्ड’ ट्रेलर

अक्षय कुमारको अप कमिंग फिल्म ‘गोल्ड’ को ट्रेलर रिलिज भएको छ । २ मिनेट १९ सेकेन्डको ट्रेलरमा अक्षय देशभक्त बंगालीको रुपमा नजर आएका छन् । डायलग पनि दमदार देशभक्त किसिमका रहेका छन् । फिल्ममा डेब्यु गर्दै गरेकी मौनी रायको झलक समेत ट्रेलरमा देखिएको छ । गोल्डको कहानी एक हकी कोचको वरिपरी घुम्छ जो भारतलाई ओलम्पिकमा गोल्ड दिलाउन प्रयत्नरत रहन्छन ।

फिल्ममा अक्षय र मौनी सँगै अमिध साध तथा बोनित सिंहको अभिनय देख्न सकिन्छ । फिल्मको डाइलग ‘हमारे घर मे इन्कलाव जिन्दावाद पहेले होता हे, फिर नास्ता होता हे ।’ बाट देशभक्ति दर्सिने गर्छ । फिल्मको निर्देशन तथा स्क्रिप्ट रीमा कागतीको रहेको छ । प्रोड्युसर रितेश सिधवानी र फरहान अख्तर रहेको फिल्म १५ अगस्ट स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुनेछ ।