किन शाहरुखसँग काम गर्न चाहदैनन् हिरोइन ?

एक तर्फ बलिउडमा लगातार महिला केन्द्रित फिल्म बनिरेको छ भने अर्का तर्फ एउटा यस्तो फिल्म बनिरहेको छ जसमा कोई महिला एक्ट्रेश नै देखिदैनन् । कुरा गर्दै छौ शाहरुख खानको फिल्म ‘स्याल्युट’ को । अंतरिक्ष यात्री राकेश शर्माको बायोपिक स्याल्युट मा महिलाको भुमिका निभाउन कोई पनि एक्ट्रेश मिलिरहेका छैनन् ।

राकेश शर्माको बायोपिमा उनकी पत्नीको भुमिका निभाउनको लागि कुनै पनि हिरोइन राजी भएका छैनन् । त्यसैले फिल्मको यस भुमिकालाई हटाउने कुरा चलिरहेको छ । फिल्ममा राकेश शर्माको भुमिका सुपरस्टार शाहरुख खानले निभाईरहेका छन् । चलेका एक्टरको साथ काम गर्न त कोई पनि हिरोईन तयार हुन्छन् नै । तर अश्चर्य कुरा यो छ कि चलेका हिरोईनहरु यसको लागि तयार छैनन ।

मेकर्सका अनुसार फिल्म ए लिस्ट हिरोइनहरुलाई लगानी गर्न चाहिरहेका छैनन् किनभने फिल्मको पुरै भाग शाहरुख खानको रहेको छ । राकेश शर्माको बायोपिकमा पहिले आमिर खानले लिड रोल निभाउने भएका थिए । तर उनी आफ्नो नयाँ प्रोजेक्टमा समय लगाउन चाहान्थे त्यसैले उनले शाहरुख खानलाई यसको लागि मनाएका थिए । शाहरुख फिल्म जिरो पस्चात छिट्टै नै स्याल्युटमा काम गर्ने छन् । खबर अनुसार फिल्ममा लिड रोलका लागि प्रियंका चोपडा र  करीना कपूर खानलाई अप्रोज गरिएको थियो तर दुबैले फिल्मलाई रिजेक्ट गरेका थिए ।