रेस ३ बक्स अफिसमा असफल

- मेराेफिल्म

बलिवुडमा यस बर्षको सवाधिक प्रतिक्षित फिल्म रेस-३ ले उत्कृष्ट सुरुवात गरेपनि बक्स अफिसमा निराशाजनक प्रदर्शन गरेको छ । पहिलो साता उत्कृष्ट व्यापार गरेको रेस-३ ले दोस्रो सातामा आइपुग्दा दर्शकले फिल्मलाई अस्विकार गरिसकेका छन् ।

आइतबारसम्म आइपुग्दा फिल्मले केबल १६० करोडको ब्यापार गरेको छ । फिल्मलाई घाटा नभएपनि बलिवुडमा सलमानको ब्रान्ड अनुसार व्यापार गर्न असफल भएको देख्न सकिन्छ । फिल्म रिलिज हुनुअघि ३ सय करोडभन्दा बढी ब्यापार गर्ने अनुमान गरिएको यस फिल्मले अब २ सय करोडको व्यापार पनि गर्न नसक्ने देखिएको छ ।

२०७५ असार १२ गते १२:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *