प्रियंका र निक गोवामा रोमान्स गर्दै

- मेराेफिल्म

बलिउड अभिनेत्री प्रियंका चोपडा अमेरिकन प्रसिद्ध गायक तथा अभिनेता निक जोनाशसँग गोवामा रोमान्स गरिरहेकी छन् । केही समययता प्रियंकाको नाम निकसँग जोडिदैँ आएको छ र गोवा रोमान्सले उनीहरुलाई थप चर्चामा ल्याएको हो ।

निक केही दिनयता प्रियंका सँग समय बिताउदै भारतमा रहिरहेका छन् । निकलाई प्रियंकाले आफ्नो परिवारसँग पनि भेटाएकी छन् । प्रियंका र निक गोवामा खुबै रमाइरहेको देख्न सकिन्छ । प्रियंकासँग उनकी बहिनी परिणीति चोपडा पनि छिन् ।

प्रियंकाले आफ्नो इन्स्ट्रामा केही तस्बिर सेयर गरेकी छन् । एक तस्बिरमा प्रियंका, निक जोनाश र परिणीति डिनर गरिरहेको देखिन्छन् । उक्त तस्बिरसँगै प्रियंकाले एक भिडियो पनि सेयर गरेकी छन् । जसमा प्रियंका र परिणीति रमाइलो गर्दै गरेको देखिन्छन् ।

२०७५ असार १२ गते १९:०९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *