पुर्व पत्नीलाई पवन कल्याणको विवाहको शुभकामना

तेलगु फिल्म स्टार पवन कल्याणकी पुर्व पत्नी रेनु देसाई पछिल्लो समय चर्चाको सिखरमा छिन् । भर्खरै उनले इन्गेजमेन्ट गरेकी छन् । उनले फोटो सेयर गर्दै उनले यस बारे जानकारी दिएकी हुन् । त्यस पछी ट्विटरमा उनले लेखिन ‘सुन्दर शुभकामनाको लागी सम्पूर्ण सुभचिन्तकमा हार्दिक धन्यवाद’ ।

एक अर्कासँग अलग्गिए पनि पवनको उनकी पुर्व पत्नी सँगको सम्बन्ध राम्रो छ । पवनले ट्विटरमा आफ्नी पुर्वपत्नीलाई शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘खुसीको नया यात्रामा रहेकी मिस रेनुलाई मेरो तर्फबाट हृदयबाटै शुभकामना, म इश्वर र प्रकृतिसँग उनको सुवास्थ्य, शान्ति र सम्वृद्धिको कामना तथा प्रार्थना गर्छु ।