वान्टेड २ मा टाईगर श्रफ ?

२००९ भन्दा पहिला सलमान खान आफ्नो करियरको नराम्रो दौरानमा थिए । लगभग उनको करियर खत्तम भैसकेको थियो । यसैको बिच उनको फिल्म वान्टेड रिलीज भयो, जसमा सलमान अफैलाई पनि त्यति विश्वास थिएन । तर फिल्मले यस्तो रंग जमायो कि सबै जसो दर्शकले मन पराए ।  फिल्म सुपरहिट भयो । वान्टेड पस्चात फेरी सलमानले पछाडी फर्केर हेर्नु परेन र सबैजसो फिल्महरु हिट दिदै सुपरस्टार बने । उक्त फिल्ममा बोनी कपूरको निर्देशन रहेको छ भने प्रभुदेवाले निर्देशन गरेका हुन् ।

बोनी कपूर वान्टेडको सीक्वेल बनाउन लामो समय देखि सोचिरहेका छन् । बोनीले सलमानलाई वान्टेडको सिक्वेलको लागि धेरै पटक अफर गरेका थिए तर पछिल्लो दिनमा सलमानले उक्त फिल्म गर्न इच्छा देखाएनन् । सलमानले इच्छा नदेखाएपछि बोनीले टाईगर श्रफलाई अफर गर्ने बताए र टाईगरले फिल्म गर्नेमा विश्वस्त रहेको पनि बताए । फिल्मलाई प्रभुदेवाले नै निर्देशन गर्ने सम्भावना रहेको छ । तर यदि प्रभुदेवाले मानेनन् भने अर्कै निर्दशक ल्याउने बोनीको भनाई रहेको छ ।