संसारका सय झुर फिल्ममा ‘रेस ३’

सलमान खानको भर्खरै रिलिज भएको फिल्म ‘रेस ३’ ले बक्सअफिसमा खासै धमाका देखाउन सकेन । सलमानका पछिल्ला पाँच फिल्मको कुरा गर्ने हो भने ‘ट्यूबलाइट’ बाहेक सबैले बक्स अफिसमा सानदार कलेक्सन गरेका थिए । ‘रेस ३’ ले प्रदर्शनको तीन दिनमा सय करोड कमाएपनि त्यसपछि फिल्मको कलेक्सनमा ठूलो गिरावट आएको छ । यो फिल्मलाई क्रिटिक्स र दर्शकले ‘झुर’ भनेका छन् ।

दर्शक र समिक्षक द्वारा लगातार नकारात्मक प्रतिक्रिया आएका कारण ‘आईएमडिवी’  वेबसाइटले ‘रेस ३’ लाई संसारकै ‘झुर’ फिल्मको लिस्टमा राखेको छ । यो लिस्टमा ‘रेस ३’ ७९औ स्थानमा छ ।  हलिउड फिल्म ‘कोर्ड नम्बर : के ओ जेड’  संसारकै सबैभन्दा नराम्रो फिल्मको पहिलो स्थानमा छ । भने बलिउड फिल्म राम गोपाल वर्माको ‘आग’ १८ औं स्थानमा रहेको छ ।