रणवीर कपुर मुन्नाभाइमा ‘सर्किट’ बन्ने ?

- मेराेफिल्म

फिल्म ‘सञ्जू’ मा बलिउड सुपरस्टार सञ्जय दत्तको भूमिकामा न्याय प्रदान गर्न सफल अभिनेता रणबीर कपूर अब ‘मुन्नाभाई’ सिरिजको तेस्रो फिल्ममा देखिने भएका छन् । रणबीर यस फिल्ममा अरशद वारसीद्वारा अभिनित सर्किटको रोलमा देखिन सक्नेछन् ।

‘मुन्नाभाई एमबीबीएस’ र ‘लगे रहो मुन्नाभाई’ मा अरशद वारसी सर्किट बनेका भए पनि तेस्रो सिरिजमा उक्त रोल रणबीरलाई जान सक्ने बताइएको छ । निर्देशक राजकुमार हिरानीको तर्फबाट अहिले नै रणबीरलाई कास्ट गर्ने विषयमा कुनै अफिसियल कन्फर्मेशन मिलेको छैन तर उनी रणबीरलाई सर्किटको रोलमा कास्ट गर्नका लागि गम्भिरतापूर्वक सोचिरहेका छन् ।

२०७५ साउन ६ गते ११:०४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *