ऋषि कपुरलाई बुहारी भित्र्याउने हतारो

पछिल्लो समय अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भाटको प्रेमले बलिउड तातेको छ । उनीहरुको प्रेमलाई दुवै परिवारले पनि स्वीकारि सकेका छन् । रणवीरका बाबु ऋषि कपूरले भने आलियालाई चाडो भन्दा चाडो बुहारी बनाएर भित्र्याउने चाहना प्रकट गरेका छन् । एक अन्तरवार्तामा ऋषि आफूले २७ वर्षको उमेरमा नै विवाह गरेको र रणवीर ३५ पुगिसकेको बताए । उनले भने म चाहन्छु उसले चाँडो भन्दा चाँडो विवाह गरोस ताकि मर्नुभन्दा अगाडि नाति नातिना खेलाउन पाईयोस । आलियासँग रणवीरको प्रेमका विषयमा प्रश्न गर्दा ऋषि भन्छन् यो सबैलाई थाहा भएकै कुरा हो । छोरोको च्वाईसममा मेरो कुनै आपत्ति छैन । उसले चाहेको केटी बिहे गर्न सक्छ ।

रणवीरले अहिलेसम्म हिरोइनहरुसँग मात्रै प्रेम गरेका छन् । यस विषयमा ऋषि भन्छन् एउटा हिरोको आम केटीहरुसँग सिधा सम्पर्क हुदैन । उनीहरुको बढि सम्वन्ध हुने भने कै हिरोईनहरुसँग हो । त्यसैले हिरो र हिरोइनबीच प्रेम बस्नु सामान्य कुरा हो । रणवीर र आलिया हाल फिल्म ब्रम्हास्त्रको शूटिंगका क्रममा बुल्गेरियामा छन् । उनीहरुको प्रेमले फिल्मको पब्लिसिटीलाई निकै मदत गरिरहेको छ ।