अभिषेक – ऐश्वर्या झगडा हल्ला मात्रै

पछिल्लो समय अभिषेक बच्चन पत्नी ऐश्वर्या राय र छोरी आराध्याका साथ लन्डनमा होलिडे मनाईरहेका छन् । आज हामी उनीहरुको होलिडेको बारेमा नभएर ऐश्वर्या र अभिषेकको सम्बन्धका बारे चर्चा गर्ने छौँ । एक वेबसाईटमा ऐश्वर्या राय बच्चन र अभिषेकको झगडा भएको उल्लेख गरिएको छ । तर अभिषेक बच्चनले भने यो कुरा सत्य नभएको बताएका छन् । अभिषेकले ट्वीटर मार्फत गलत खबर नफैलाउँन मिडीयालाई आग्रह समेत गरे ।

कामको कुरा गर्ने हो भने अभिषेक बच्चन छिट्टै नै आफ्नो नयाँ फिल्म मनमर्जिया मा देखिने भएका छन् जसमा उनका साथ तापसी पन्नू र विकी कौशललाई दर्शकले हेर्न पाउने छन् । अनुराग कश्यप निर्देशित उक्त फिल्म २१ सेप्टेम्बरमा रिलिज हुने छ । यसका साथै ऐश्वर्याको पनि ३ अगस्टमा नयाँ फिल्म फन्ने खाँ रिलिज हुने भएको छ । फिल्ममा उनका साथ राजकुमार राव र अनिल कपूर पनि देखिने छन् ।