प्रेमीका कारण प्रियंका चोपडाले ‘भारत’ छोडिन

प्रियंका चोपडाले हलिउड डेब्युपछी बलिउडमा काम गर्न बन्द जस्तै गरेकी थिईन् । पछिल्लो समय फिल्म भारत मार्फत प्रियंकाले बलिउडमा कमब्याक गर्न लागेको खबर बाहिरिएको थियो ।

उक्त फिल्मका लागी उनले १२ करोड रुपैयाँको माग गरेकी थिईन् । तर अब प्रियंका चोपडाले फिल्म भारत नखेल्ने भएकी छन् । प्रियंकाले उक्त फिल्मबाट हात झिक्नुको कारण विवाह हो । उनी छिट्टै नै आफ्ना प्रेमी निक जोनाससँग विवाह बन्धनमा बाँधिदै छिन् । र यहि कारण फिल्म खेल्न नसक्ने जानकारी उनले फिल्म युनिटलाई गरेकी हुन् ।