श्रीदेवीले गर्न नसकेको काम गरेर देखाईन जान्वीले

श्रीदेवीको पहिलो हिन्दी फिल्म सोलवा सावन थियो जो १९७९ मा रिलीज भएको थियो । यो फिल्म फ्लप भएको थियो । तर उनकी छोरी जान्वी कपूरको डेब्यू फिल्म धडकले भने बक्स अफिसमा राम्रो व्यपार गरिरहेको छ । यानकि जो श्रीदेवीले गर्न सकिनन् त्यो काम जान्वीले गरेर देखाईन् । धडकले दोस्रो विकेन्डमा शुक्रबार २.७१ करोड, शनिवार ४.०२ र आईतबार ५. २० करोडको व्यापार गरेको छ । फिल्मले दोस्रो वीकेन्डमा ११.८३ करोडको दमदार व्यपार गरेको छ ।

फिल्मले दश दिनमा ६३.३९ करोडको कलेक्शन गरेको छ । उक्त फिल्मले कूल ७० करोडको हाराहारिमा कमाई गरिसकेको छ । ईशान खट्टर तथा जाहनवी कपूर अभिनित फिल्मलाई शशांक खेतानले निर्देशन गरेका हुन् ।