दबंग गर्ल सोनाक्षीको मनमा क्रिकेटर

बलिउड र क्रिकेटको पहिला देखिकै पुरानो कनेक्शन रहेको छ । पछिल्लो ५० बर्ष देखिनै बलिउड हस्ति र क्रिकेटरहरुको बिचमा लव अफेयरको कुरा चलिरहने गर्छ । विराट कोहली र अनुष्का शर्मा उदाहरण मात्रै हुन् यसको अलवा युवराज र हेजलको विवाह,  जहिर र सागरिका आदि ।

क्रिकेटर र बलिउड एक्ट्रेश बिचको अफेयरको लिस्ट धेरै लामो छ । अफेयर भएसँगै कसैको रिलेसनशिप सफल भए त कसैको असफल । आज हामी एक असफल रिलेसनशिपको बारेमा कुरा गर्नेछौँ । अक्सर क्रिकेटर्सहरुले बलिउड एक्ट्रेसलाई मन पराउँने गर्छन् । कोही यस्ता एक्ट्रेस पनि छन जसले  क्रिकेटर्सलाई पराँछन । त्यो मध्येकै एक हुन् दबंग गर्ल सोनाक्षी सिन्हा । जसले टिम इंन्डियाका निकै नै ह्यान्डसम सुरेश रैनालाई मन बाट चाहन्थिन । सोनाक्षीको चोईज त धेरै राम्रो हो तर रैना एउटा यस्तो खेलाडी हुन् जसलाई पुरै देशले मन पराउँछ । तर केहि बर्ष अगाडि सुरेश रैनोले आफ्नै साथी प्रियंका चौधरीसँग विवाह गरे । अहिले प्रियंका र सुरेशको एक छोरी ग्रेसिया रहेकी छन् ।