सोनालीको मुडुलो टाउको तर मुस्कान उस्तै

अभिनेत्री सोनाली बेन्द्रेले टाउको पूरै मुडुलो भएको तस्विर सार्वजनिक गरेकी छन् । अमेरिकामा हाइ ग्रेड क्यान्सरको उपचार गराइरहेकी उनको कपाल किमो लिइरहेको कारण सबै झरेको हुन सक्छ । ऋतिक रोशन उनकी पुर्व पत्नी सुजैन र अभिनेत्री गायत्री सोनालीलाई भेट्न अस्पताल पुगेका थिए । यहि समय उनको यो तस्विर ऋतिक रोशनले खिचेका हुन् ।

तस्वीर सेयर गर्दै सोनालीले लेखेकी छन्, ‘बाल्ड इज ब्यूटिफुल । यो म हुँ र यो क्षणमा म खुशी छु । मानिसहरु मलाई देखेर अनौठो प्रतिक्रिया दिइरहेका छन् । यतिबेला मलाई सबैतिरबाट एटेन्सन प्राप्त भइरहेको छ । म हरेक पल खुशी रहने कारण खोजी गरिरहेकी छु । मलाई थाहा छ कि यो समय दर्दनाक छ र मेरो शरीरमा इनर्जि पनि कम छ । तर, म ती सबै कुरा गरिरहेकी छु जे म गर्न चाहन्छु । म आफ्ना साथीहरुप्रति आभारी छु जसले बलियोसँग मलाई साथ दिइरहेका छन् । मलाई एक छिन पनि एक्लो महसुस गर्न दिएका छैनन् ।’