प्रियंकाको फिल्म छोड्ने क्रम जारी

बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानपछि सञ्जय लीला भंसालीको फिल्म छाडेकी छन् । भंसालीले प्रियंकालाई आफ्नो फिल्म ‘गंगूबाई कोठेवाली’ का लागि कास्ट गरेका थिए । दुवै जना चाँडै नै यो फिल्मलाई फाइनल गर्ने तयारीमा थिए । प्रियंकाले हलिउड फिल्मका लागि भंसालीको फिल्मबाट छाडेकी हुन् । उनले आफ्नो हलिउड फिल्म ‘काउ ब्वाई निन्जा भाइकिङ्ग’ का कारण भंसालीको फिल्म अन्तिम समयमा छाडेकी हुन् । उनले फिल्म छाडेसँगै भंसालीले यो प्रोजेक्टको काम तत्काललाई लागि रोकेका छन् । हलिउड फिल्म ‘काउ ब्वाई निन्जा भाइकिङ्ग’ मा प्रियंका जुरासिक वर्ड  र गार्डियन्स अफ द ग्यालेक्सी फेम क्रिस प्रेटको अपोजिटमा देखिँदैछिन् ।

प्रियंका चोपडाले यस वर्ष सोनाली बोसको फिल्म ‘द स्काई इज पिंक’ बाट बलिउड कम्ब्याक गर्दैछिन् । यो फिल्ममा उनको अपोजिटमा फरहान अख्तर र जायरा वसीम देखिँदैछन् । प्रियंकाले यसअघि सलमान खानको फिल्म ‘भारत’ पनि अन्तिम समयमा छाडेकी थिइन् ।