सलमान खानको ‘लवरात्री’ ट्रेलर

लव स्टोरी जनरामा निर्मित फिल्म ‘लवरात्री’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त फिल्मलाई सलमान खानले  निर्माण गरेका हुन । अक्सर सलमानले आफ्नो फिल्ममा नयाँ कलाकारहरुलाई चान्स दिने गर्छन् । यस पटक पनि उनले आफ्ना ज्वाँई आयुष शर्मा र वरीना हुसैनलाई बलिउडमा डेव्यु गराएका छन् । सार्वजनिक भएको ट्रेलरमा आयुष र वरीनाको रोमान्टिक केमेस्ट्रिसँगै उनीहरुमा आएका उताब चढाबलार्ई देखाईएको छ ।

ट्रेलर तथा पोस्टरले दर्शकबाट निकै तारिफ पाईरहेको छ । फिल्ममा आयुष र वरीनाका अलवा राम कपुर, रोनित राय लगायतका कलाकारहरुको पनि मुख्य भुमिका रहेको छ । फिल्मलाई अभिराज मिनवालाले निर्देशन गरेका हुन् ।