सेक्स, प्रेम र पुरुषबारे आलिया भाटको धारणा

बलिउडमा पछिल्लो पुस्ताका कलाकारहरु आफ्नो निजी जीवनका बारेमा खुलेर कुरा गर्छन् । र व्यक्तिगत जीवनसँग जोडिएका विषयमा पनि कुनै गोपनियता राख्न चाहदैनन् । जस मध्य एक हुन अहिलेकी चर्चित नायिका आलिया भाट । बलिउड इन्डष्ट्रीमा छोटो समय र कम उमेरमा सफल भएकी कलाकार आलिया आफ्नो व्यक्तिगत जीवनका बारे खुलेरै बोल्ने गर्छिन । उनी आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका सवालमा विना कुनै हिच्किचाहट सजिलै खुलस्त रुपमा उत्तर दिने हैसियत राख्छिन् । आलिया भट्टले एक अन्तर्वार्तामा  प्रेमी देखि लिएर आफूहरुबीचको सम्बन्धका गोप्य कुराहरु खुलेर बताएकी छन् ।

अन्तर्वार्ताका क्रममा आलियालाई प्रश्न गरियो यदि तपाईको प्रेमीले आफ्नो मोवाइल अनलक छोडेर गए सबैभन्दा पहिला तपाई के कुरा हेर्नुहुन्छ ? आलियाले ‘मलाई मेरो प्रेमीको फोनको पासवर्ड थाहा छ ।’ भन्ने जवाफ दिईन् । यस्को मतलब अहिले उनी प्रेममा छिन् । तर उनले आफ्नो प्रेमीका बारे भने कुनै कुरा बताइनन् । २३ वर्षीया आलिया भट्टले कुन सेक्स आसन मन पर्छ भन्ने प्रश्नमा उनले ‘क्लासिक मिशनरी’ पोजिशन खुबै मन पर्ने बताइन । उनले यसलाई अझै व्याख्या गर्दै भनिन् ‘किनकी म एक साधारण मानिस हुँ ।’

आलियाले पुरुषप्रति आफ्नो धारणा पनि बताइन । पृथ्वीमा सबै परेर एउटा ५० वर्षका र अर्को १८ वर्षको दुईजना पुरुष मात्रै बाँचे भने ५० वर्षको पुरुषलाई रोज्ने कुरा अन्तर्वार्तामा आलियाले भनिन् । १८ वर्षे युवासँग आफूले लामो समयमा विताउन नसक्ने उनको भनाइ छ । आलियाको यो भनाइबाट पुष्टी हुन्छ कि उनी परिपक्क मान्छे मन पराउछिन् ।