रेडियोमा डेब्यु गर्दै शिल्प शेट्टी

बलिउड अभिनेत्री शिल्प शेट्टी छिट्टै नै रेडियोमा डेब्यु गर्दै छिन् । उनले महाभारतकी द्रौपदीको भुमिकामा आवाज दिनेछिन् । यस बारे उनले  बताइन् ,’बच्चा बेलामा हामीलाई टेलिभिजनमा बि आर चोपडाको महाभारत शो मात्रै हेर्ने अनुमति थियो । मेरो जहिले पनि अध्यात्म तिर झुकाव रहयो । द्रौपदी एकदम सुन्दर र आकर्षक भूमिका हो र म खुशी छु की यो भूमिकामा म आफ्नो आवाज दिदैछु ।’ उनले थपिन्, ‘यो फिल्म भन्दा फरक छ किनकि यसमा डबिंग मात्रै हुन्छ । जुन मेरो लागी बिल्कुलै नयाँ छ ।’

शिल्पा त्यो समय जम्मा आठ बर्षकी थिइन् जुन बेला उनले आफ्नी आमाबाट महाभारतको बारेमा सुनेकी थिइन् । उनी द्रौपदीको चिरहरणको दृश्य हेर्दा रोएकी थिइन् । आफ्नो रेडियो डेब्युको तयारि गरिरहेकी शिल्पले बताइन् ‘म चाहन्छु की अब मेरो छोरा मबाट पाण्डव र कौरवको कहानी सुनोस जसरि म यहि किसिमको कहानी सुनेर हुर्किएकी थिए ।’ शिल्पा अध्यात्म तर्फ नजिक छिन् । उनी आफ्नो छ बर्षको छोरा वियानलाई समेत महाभारत र पौराणिक कथा सुनाउने गर्छिन् ।

उनी चै कतिको रेडियो सुन्छिन त ? यसको उत्तरमा उनले भनिन्, ‘बाह्र बर्ष पहिलेसम्म हामी कारमा म्युजिक सुन्नलाई सिडी राख्थ्यौ । अहिले भने म कारमा रेडियो च्यानल सुन्ने गर्छु । म यात्रामा रहदा धेरै नै रेडियो सुन्छु । म जस्तै अरुले पनि रेडियो सुन्नु हुन्छ । वहाहरु सम्म मेरो शो पुग्नेछ ।’