बलिउड डान्सर अभिजित शिन्देले गरेआत्महत्या

रणबीर सिंह, रणबीर कपुर र अजय देवगन लगायत बलिउड कलाकारसँग काम गरेका डान्सर अभिजित शिन्देले आत्महत्या गरेका छन् । उनी बिहिबार मुम्बईस्थित आफ्नो घरमा बिहान साढे ६ बजे पंखामा झुण्डिएको अवस्थामा भेटिएका हुन् । भारतीय संचारमाध्यमका अनुसार छिमेकीले अभिजितको घरको ढोका खुल्ला देखेपछि भित्र जाँदा उनलाई पंखामा झुण्डिरहेको पाएपछि पुलिसलाई खबर गरेका थिए । अस्पताल पुर्याउदा डाक्टरले ३२ वर्षे उनलाई मृत घोषित गरे ।

घटनास्थलबाट एउटा सुसाइड नोट पनि बरामद गरेको छ जसमा अभिजितले यस्तो कदम उठाउनुको कारण बताएका छन् । सुसाइड नोटमा लेखिएको छ, ‘म आफ्नो बैंक अकाउन्ट छोरीको नाममा गर्दैछु । श्रीमतीले छोडेदेखि म डिप्रेशनमा थिएँ । विगत तीन महिनादेखि छोरीलाई भेटेको छैन ।’ अभिजित शिन्देकी श्रीमती तीन महिनादेखि आफ्नी आमासँग बसिरहेकी छन् । श्रीमतीले उनलाई छोरीसँग भेट्न अनुमती नदिएपछि उनी निकै तनावमा थिए ।