रोकियो कंगनाको ‘मणिकर्णिक’

बलिउड अभिनेत्री कंगना रनावत आफुले दिने अभिव्यक्तिको कारण समय समयमा विवादमा मुसिरहेकी हुन्छिन् । यति बेला कंगनाकै कारण फिल्म ’मणिकर्णिक’ को काम रोकिएको छ । बलिउड मिडियाको अनुसार कंगना र फिल्म निर्देशक बिच सिनको कुरामा विवाद भएपछि फिल्मको काम रोकिएको हो । छायाङ्कन सकिएर पोस्ट–प्रोडक्सनको काम भइरहेको फिल्मको सिनको कुरामा कंगनाले निर्देशकलाई गाली गलौज गर्दै नराम्रो व्यवहार देखाएपछि निर्देशकले फिल्मको काम छोडेका हुन् ।
कंगनाले निर्देशकलाई फिल्मको एक दृश्य मन नपरेको र उक्त सिन फेरी रिसुट गर्न अनुरोध गरेकी थिइन् । तर निर्देशकले सो सिन काटेको खण्डमा आफू फिल्म बिरुद्ध रहने अडान लिएका थिए । निर्देशक ’मणिकर्णिक’ फिल्मबाट बाहिरी सकेका छन् । कंगनाको निर्देशकसँग झगडा परेको यो पहिलो पटक भने होइन । यसअघि पनि उनको ‘क्वीन’ निर्देशक विकास बहालसँग झगडा परेको थियो ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया