अक्षय कुमारको टप फिल्म बन्दै ‘गोल्ड’

अक्षय कुमार स्टारर फिल्म ‘गोल्ड’ दोस्रो हप्तामा प्रवेश गरे सँगै  फिल्मले १०० करोड भन्दा ज्यादा रुपयाको व्यपार गरिसकेको छ । फिल्मले बक्स अफिसमा दनादन प्रोफिट कमाईरहेको छ । खबर अनुसार फिल्म ८० करोडको हाराहारीमा निर्माण गरिएको थियो भने फिल्मले हालसम्म १००.४५ करोडको कमाई गरिसकेको छ । १०० करोड क्लबमा अक्षय कुमारको यो पहिलो चोटी भने होईन ।

फिल्मले यो हप्ता १० करोडसम्म कमाउँन सक्ने छ । गोल्डले दोस्रो विकसम्म पनि मल्टीप्लेक्समा राम्रो कमाई गरिरहेको छ । एक भारतिय मिडीया अनुसार फिल्मले ११५ देखि १२० सम्मको कलेक्सन गर्ने सक्ने छ । यानकी फिल्म अक्षय कुमारको सबैभन्दा टप फिल्मका रुपमा साबित हुन सक्ने उक्त भिडीयाले बताएको छ ।