स्क्रिन सेयर गर्दै ऋतिक रोशन र टाईगर श्रफ

ऋतिक रोशन तथा टाईगर श्राफ अब एउटै स्क्रिनमा पहिलो पटक देखिने भएका छन् । उक्त फिल्मको सुटिङ सेप्टेम्बर ५ बाट सुरु भएको छ । यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन गईरहेको यस एक्सन फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्ने छन् । फिल्ममा टाईगर श्राफ र ऋतिक रोशनको जबरदस्त एक्शनलाई दर्शकले नियाल्न सक्ने निर्देशक सिद्धार्थ आनन्दले बताएका छन् । उनले  फिल्ममा ऋतिकको अपोजिटमा वाणी कपूर पक्कापक्की भएको समेत जनाए भने टाईगरको अपोजिटको बारेमा भने मुख खोल्न चाहेनन्  ।

फिल्मको स्टन्ट डिजाईन गर्नका लागि मेकर्सले इंन्टरनेशनल एक्शन कोरियोग्राफर्स एन्डी आर आर्मस्ट्रङ्ग र मिस्टर ओहलाई साईन गराएका छन् । ऋतिक रोशन र टाईगर श्राफ दुवैलाई बलिउडको  ठूलो  एक्शन स्टार मानिन्छ । र अब यि दुई स्टार एकैसाथ पहिलो पटक स्क्रिन शेयर गर्दैछन् । टाईगर र ऋतिक दुबैले एकैसाथ काम गर्न निकै एक्साईटेड रहेको एक भारतिय भिडीयालाई बताएका छन् । उक्त एक्शन थ्रिलर फिल्म हेर्नलाई दर्शकले केहि समय प्रतिक्षा भने गर्नै पर्ने छ ।