कृष्णा राज कपूरको निधन

- मेराेफिल्म

भारतीय चर्चित अभिनेता राज कपूरकी श्रीमती कृष्णा राज कपूरको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको सन् १९४६ मा राज कपूरसँग विवाह भएको थियो । सन् १९८८ मै राज कपूरले कृष्णाको साथ छोडेका थिए ।

कृष्णा लामो समयदेखी श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिइन् । उनका पाँच सन्तान रणधीर, राजीव, रीमा, रितु रहेका छन् । पछिल्लो समय बिरामी अवस्थामा पनि उनी केहि फिल्मका प्रिमियरमा सहभागी भएकी थिइन् । कृष्णाको निधनमा बलिउडका धेरै कलाकारले दुःख व्यक्त गरेका छन् ।

२०७५ असोज १५ गते १३:४४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *